होली खेल्दा विवाद : छुरी प्रहारबाट २१ वर्षीय युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी चोकमा होली खेल्ने क्रममा भएको विवादमा छुरी प्रहारबाट १९ वर्षीय आँशु यादवको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम-२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ।

प्रहरीको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद सुरु भएको थियो। सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गरेपछि आँशु गम्भीर घाइते भएका थिए। उनलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो। धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइए पनि जनकपुरधाममा शनिबार होली मनाइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी)वरुणकुमार सिंहले जानकारी दिए।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।