दुर्गा प्रसाईंको चैत्र १५ गर्ने भनेको जनप्रदर्शन के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं’ भन्दै यसबारे जानकारी सार्वजनिक गरेका हुन्।

प्रसाईंले आफ्नो फेसबुक पोस्टमार्फत देशका विभिन्न वर्ग र समुदायलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। उनले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं। यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति।’

उनले बैंक, सहकारी तथा लघुवित्त पीडित, बेरोजगार युवाहरू, व्यवसायी, दलित, सीमान्तकृत समुदाय, भूमिहीन किसान, माओवादी युद्धका घाइते, अपाङ्गता भएका व्यक्ति, युद्धपीडित, तथा अन्य उत्पीडित वर्गलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्।

प्रसाईंले विशेष रूपमा काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्ताहरूलाई उपत्यका नछोड्न भनेका छन्। साथै, देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक तथा राजसंस्था समर्थक राजनीतिक दलहरूलाई आन्दोलनका लागि काठमाडौं केन्द्रित हुन आह्वान गरेका छन्।

उनले आन्दोलनको मोडालिटीबारे छिट्टै छलफल गरी सार्वजनिक गर्ने बताएका छन्। प्रसाईंले भने, ‘१५ गतेको लागि तयार रहनुहोला, लड्नु छ देश बेचुवा मारवाडीका गोठालाहरूसँग, बचाउनु छ हाम्रो गौरवपूर्ण देशलाई।’

यस जनप्रदर्शनले के असर पार्नेछ भन्ने विषयमा विभिन्न तहबाट विश्लेषण भइरहेका छन्। आन्दोलनको प्रभाव र यसको तयारीबारे थप जानकारी आउँदो दिनमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।