प्रधानमन्त्री कपमा आज दुई खेल : आर्मी र कोशी, मधेश र पुलिस भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

शनिबार नेपाल आर्मी क्लब र कोशी प्रदेशबीचको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ भने मधेश प्रदेश र नेपाल पुलिस क्लबबीचको प्रतिस्पर्धा फाप्ला क्रिकेट मैदान, धनगढीमा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुनेछन्।

जारी प्रतियोगितामा नेपाल आर्मी क्लबले उत्कृष्ट प्रदर्शन गर्दै तीन खेलमा लगातार तीन जित निकाल्दै ६ अंक बटुलेको छ। आर्मी तालिकाको शीर्ष स्थानमा रहेको छ। अर्कोतर्फ, तीन खेल गुमाएर तालिकाको पुछारमा रहेको कोशी प्रदेश आज आर्मीविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ।

नेपाल पुलिस क्लबले पनि समान ६ अंक बनाए तापनि रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ। तीन खेलमध्ये एक खेल गुमाएको सशस्त्र प्रहरी क्लब चार अंकसहित तेस्रो स्थानमा छ। त्यस्तै, समान चार अंक भए पनि लुम्बिनी प्रदेश रनरेटका आधारमा चौथो स्थानमा छ।

मधेश, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशले दुई-दुई अंक जोडेका छन्। मधेशले दुई खेल मात्र खेलेको छ भने सुदूरपश्चिमले चार खेल खेलिसकेको छ। गण्डकी, कर्णाली र बागमतीले तीन-तीन खेल खेलिसकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।