नुवाकोटमा पहिलोपटक बंगुरको सफल शल्यक्रिया,९ वटा बच्चा निकालियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटमा पहिलोपटक बंगुरको सफल शल्यक्रिया गरी बच्चा निकालिएको छ। तादी गाउँपालिका-३, खरानीटार निवासी गायत्री सुनारको बंगुरको शल्यक्रिया गरेर बच्चा निकालिएको हो।

पशुपंक्षी क्लिनिक, बट्टारका प्राविधिक टोलीले शल्यक्रिया मार्फत बंगुरका ९ वटा बच्चा निकालेको क्लिनिकका संचालक डा. सुदीप कोइरालाले जानकारी दिए। तीमध्ये एक मात्र बच्चा जीवित अवस्थामा रहेको छ भने बाँकी ८ वटा मृत अवस्थामा निकालिएको थियो। मृत बच्चामध्ये केही सडेको अवस्थामा रहेको पनि उनले बताए।

सुत्केरी व्यथाले दुई दिनसम्म बंगुरलाई निकै सताएपछि स्थानीय प्राविधिकहरूले प्रयास गरे पनि बच्चा निकाल्न सकेनन्। त्यसपछि पशुपंक्षी क्लिनिकबाट खटिएका पशु प्राविधिक नवीन कुमार शाही र रमेश प्याकुरेलले सफल शल्यक्रिया सम्पन्न गरेका थिए।

डा. कोइरालाका अनुसार नुवाकोटमा पशुहरूको शल्यक्रियामार्फत सुत्केरी गराउने दक्ष जनशक्ति तयार भएकाले अब यस्तो अवस्थामा पशुहरू मर्नुपर्ने अवस्था नरहेको बताएका छन्। साथै, पशुहरूमा कुनै समस्या देखिएमा तत्काल पशुपंक्षी क्लिनिकमा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।