समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन्। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

हालका सीइओ टीका निधि लोहनीले राजीनामा दिएपछि कम्पनीले घिमिरेलाई २०८२ वैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि नियुक्त गरेको जनाएको छ। घिमिरे यसअघि गोर्खाज फाइनान्स लिमिटेडको सीइओ पदमा कार्यरत थिए।

यसैबीच, कम्पनीले २०८१ चैत मसान्तसम्मका लागि नायब महाप्रबन्धक विनोद राज पौडेललाई कार्यवाहक (कामु) सीइओको जिम्मेवारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।