उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना प्रहरी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले बिहीबार  ५५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

उनका अनुसार चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुईपांग्रे २३० र चारपांग्रे २३ गरी २५३ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। जसमा मादक पदार्थ सेवन गरेर सवारी चलाएका ४९ र लागुपदार्थ सेवन गरेका आठ छन्।

पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौंबाट मात्रै २१९ सवारीसाधन नियन्त्रणमा लिएको छ। जसमा चारपांग्रे १८ तथा दुईपांग्रे २०१ छन्। साँझसम्म दुईपांग्रे ११६ तथा चारपांग्रे १३ गरी १२९ सवारीसाधन छाडिसकिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।