ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा दोस्रो दिनमै सात गुणा बढी आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म मागभन्दा बढी आवेदन परेको छ।

सीडीएसका अनुसार फागुन २८ गते बुधबार बिहान १०:७ बजेसम्म ८ लाख २४ हजार १५८ जना आवेदकले १ करोड १ लाख ९० हजार १४० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो संख्या कम्पनीले निष्कासन गरेको साधारण सेयरभन्दा ६.९० गुणा बढी हो।

कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको १ लाख ८० हजार कित्ता सेयरको बाँडफाँट भइसकेको छ। कम्पनीले कुल १८ लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएकोमा, ५४ हजार कित्ता कर्मचारीका लागि र ९० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। अब १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिन्छ। आवेदन दिने अन्तिम मिति छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते तोकिएको छ।

यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, र ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत सी-आस्बा प्रणाली प्रयोग गरी दिन सकिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।