वाग्मतीमा शव फालिएको घटनामा संलग्न थप एकजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती नदीमा बोरामा पोको पारेर शव फालिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७, माकलबारी बस्ने १९ वर्षीय पेम्बा लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

 उनले भने, ‘उक्त घटनामा संलग्न भएको अभियोगमा आज हामीले थप एक जना पक्राउ गरेका छौँ। पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।’

 यसअघि प्रहरीले सर्लाहीको बागमती ढुङ्गेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको थियो।

अन्दाजी ३०/३५ वर्षकी युवतीको हत्या गरी शव बोरा र तन्नामा पोको पारेर नदीमा फालेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।