आज कुन विदेशी मुद्राको मूल्य कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ०४ पैसा छ। हिजो र अस्ती दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनियमदर आज बढेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ३० पैसा छ थियो। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ९६ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ५० रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ९१ पैसा थियो। 

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ९९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २० पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा थियो। 

आज कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ सय ५४  रुपैयाँ ६० पैसा छ। हिजो  कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ११ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ०५ पैसा थियो। 

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ५१ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।