काठमाडौंका बालुवाटार र बानेश्वरसहितका क्षेत्रमा निषेधाज्ञा, अन्य ठाउँ कुन–कुन हुन्?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंका बालुवाटार, बानेश्वरसहितका केही स्थानमा निषेधाज्ञा लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार एक सूचना निकाल्दै  राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। 

आइतबारबाटै यो निषेधाज्ञा २ महिलानका लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।