एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे चयन भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले घिमिरेलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

उनी लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी ब्यक्ति हुन्। बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत घिमिरेले अब संस्थाको बागडोर सम्हाल्नेछन्।

हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई कार्यकाल (८ वर्ष) सफलतापूर्वक पूरा गरेका छन्। उनको कार्यकाल यही फागुन मसान्तमा समाप्त हुँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।