सुनको भाउमा सामान्य वृद्धि, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार ५०० रुपैयाँले घटेको सुनको भाउ साताको पहिलो कारोबार दिन आज आइतबार प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय ११।१७ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२।५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।