महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, एक दर्जन बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–५ गोरिगामामा शुक्रबार बिहान बस पल्टिँदा एक दर्जन बढी यात्रु घाइते भएका छन्। रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको ना३ख ८९९७ नं. को यात्रुवाहक बस करिब १०:३० बजे गतिको अनियन्त्रितता कारण खेतमा पल्टिएको हो।

दुर्घटनामा घाइते भएकाहरुलाई प्रादेशिक अस्पताल जनकपुर र नजिकका अस्पतालहरुमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, हालसम्म कुनै ठूलो मानवीय क्षती नभएको र घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

बसका चालक र सहचालक भने दुर्घटनास्थलबाट फरार रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरी फरार चालक र सहचालकको खोजी गरिरहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।