रक्षा बजेट वृद्धि गर्न अमेरिकी आग्रहलाई जापानको अस्वीकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले बुधबार रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गर्दै जापानले आफ्नो रक्षा बजेट आफैँ तय गर्नुपर्नेमा जोड दिएका छन्।

माथिलो सदनको बजेट बैठक समितिमा मन्तव्य राख्ने क्रममा उनले जापानले आफ्नो रक्षा बजेट आफै निर्धारण गर्ने र अरू देशको निर्देशनमा आफ्नो निर्णय नगर्ने बताएका छन्।

ट्रम्प प्रशासनले नीतिका लागि रक्षा सचिवमा नियुक्त गरेको एल्ब्रिज कोल्बीले जापानले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशतमा पुर्याउनुपर्ने बयान दिएपछि यो टिप्पणी आएको हो।

जापानका मुख्य क्याबिनेट सेक्रेटरी योशिमासा हयाशीले बुधबार एक पत्रकार सम्मेलनमा जापान सरकारले आर्थिक वर्ष सन् २०२७ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्याउने दिशामा काम गरिरहेको बताए।

उनले रकमभन्दा पनि रक्षा क्षमताको वस्तुमा ध्यान दिनु पर्नेमा जोड दिए।

जापानले आफ्नो सन् २०२२ को राष्ट्रिय सुरक्षा रणनीतिमा रक्षा खर्चलाई आर्थिक सन् २०२७ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्याउने लक्ष्य राखेको थियो। सिन्ह्वा 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।