अमेरिकाबाट निकालिएका नेपालीहरू काठमाडौं आइपुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाबाट निकालिएका नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर आएको अमेरिकी जहाज जीआरपी–२३ आज विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण भएको हो ।

नेपाल, भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई पनि अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।

पछिल्लो समय ट्रम्पले सत्ता सम्हालेसँगै अमेरिकाबाट अवैध आप्रवासीहरु डिर्पोट हुनेक्रमले तीव्रता पाएको छ ।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो । पछिल्लो दुई महिनामा २९ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको छ । ती नेपालीहरू विभिन्न एयरलायन्समार्फत नेपाल आएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।