हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कञ्चनपुरका हर्कबहादुर खडायतको हत्या प्रकरणमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरा काठमाडौंबाट पक्राउ परेका हुन् ।

बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए । नेपाली कांग्रेस कञ्चनपुरका सदस्यसमेत रहेका बोहरामाथि वेदकोटकै खडायतको हत्या गरेको आरोप छ ।

बोहरासहितको समूहले २८ कात्तिक ०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेका थिए ।

तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दर्ता भएको थियो । तर, खडायतको उपचारका क्रममा १० पुस ०८० मा मृत्यु भएको थियो । बोहरा पक्राउ परेपनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।