सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको भाउ आज ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदी एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ९०.०९ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।