बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । २ दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। सोमबार, सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । त्यस्तै, चाँदी तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।