७७ जिल्लामै पुग्यो प्रभु बैंक, दार्चुलामा संचालनमा ल्यायो नयाँ शाखा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल देशका ७७ वटै जिल्लामा विस्तार गरेको छ ।

बैंकले दार्चुलाको महाकाली नगरपालिका-४ स्थित खलंगामा नयाँ शाखा संचालनमा ल्याएसँगै दार्चुला शाखा सञ्जाल देशका सबै जिल्लामा विस्तार भएको हो ।

दार्चुला शाखा बैंकको ३१२औं शाखा कार्यालय हो । बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै त्यहाँका स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ । साथै, यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुग्नेछ बैंकको विश्वास छ ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरूमा शाखा कार्यालय खाेली सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।