चैत १८ गतेदेखि पोखराबाट ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएको निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान गर्ने घोषणा गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी चैत १८ (मार्च ३१) देखि पोखरालाई ल्हासासँग जोड्ने गरी हिमालय एयरलाइन्सले उडान सुरु गर्न लागेको हो। यसका लागि टिकट बुकिङ खुला गरिएको छ।

ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिएपछि पोखरा विमानस्थलमा पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुने भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ सालको पुस महिनादेखि सञ्चालनमा आए पनि चार्टर उडानबाहेक अन्य अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुन सकेको थिएन। हिमालय एयरलाइन्सको उडान यस विमानस्थलको पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुनेछ।

हिमालय एयरलाइन्सले हरेक सोमबार काठमाडौंबाट ल्हासा उडान गर्नेछ भने ल्हासाबाट पोखरा आइपुग्ने छ। सोमबार जहाज पोखरामा नै बस्ने र मंगलबार बिहान पोखराबाट ल्हासाका लागि उडान भर्ने तालिका रहेको छ। सार्वजनिक सूचना अनुसार, पहिलो उडानअन्तर्गत ३१ मार्च सोमबार ल्हासाबाट पोखरा दिउँसो १२:४५ मा अवतरण गर्नेछ भने मंगलबार बिहान ८:२० मा ल्हासातर्फ उड्नेछ।

यो उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोगमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। पर्यटन प्रवर्द्धनमा समेत यसको उल्लेखनीय प्रभाव पर्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।