प्रधानमन्त्री प्रति बालेनको कटाक्ष, मलाई हराउने ताकमा देश नडुबाउनु होला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा पुनः एक स्टाटस लेखेका छन्।

शुक्रबार साँझ बालेनले फेसबुकमार्फत ओलीलाई सम्बोधन गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजिएको आरोप लगाएका छन्। उनले आफूहरू मदन भण्डारीको सपना पूरा गर्न लागेको दाबी गर्दै, आफूलाई हराउने प्रयासमा देशलाई नडुबाउन सुझाव दिएका छन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेको मान्छे! मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनु होला!!’

यसअघि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कार्य प्रभावित हुँदै आएको थियो। सोही कारण कर्मचारीको तलबसमेत रोकिएको छ।

बालेन शाह र केन्द्र सरकारबीचको मतभेद सार्वजनिक रूपमा देखिँदै आएको छ। काठमाडौं महानगरपालिकाका विभिन्न योजनामा संघीय सरकारको हस्तक्षेप रहेको आरोप लगाउँदै आएका शाहको पछिल्लो अभिव्यक्ति फेरि चर्चामा आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।