मौद्रिक नीतिपछि शेयर बजारमा उछाल,४९ अंकले बढ्दा ११ अर्ब बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार उल्लेखनीय रूपमा उकालो लागेको छ।

मौद्रिक नीतिको दोस्रो समीक्षापछि शेयर बजारमा उत्साह देखिएको हो।

आज नेप्से सूचकांक ४९.१५ अंकले बढेर २८१५ विन्दुमा पुगेको छ, जुन १.७७ प्रतिशतको वृद्धि हो। बजारमा आएको यस उछालसँगै ११ अर्ब २९ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर कारोबार भएको छ। कारोबारमा ३०० वटा कम्पनी सहभागी भएका छन्, जसमा १८६ कम्पनीका शेयर मूल्य बढेका छन्, ५२ कम्पनीका घटेका छन् भने ६ कम्पनीका मूल्य स्थिर रहेका छन्।

कुल १ लाख १२ हजार ३२ पटक शेयर किनबेच भएको आजको कारोबारमा सबै समूह हरियाली देखिएको छ। विशेषगरी, वाणिज्य बैंक समूहमा सबैभन्दा बढी ३.३२ प्रतिशतको वृद्धि भएको छ, भने सबैभन्दा कम वृद्धि फाइनान्स समूहमा ०.२८ प्रतिशत मात्र रहेको छ।

शेयर बजारको यो सकारात्मक संकेतले लगानीकर्ताहरूमा थप उत्साह भरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।