त्रिभुवन विमानस्थलबाट पौने चार किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन् ।

पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ महिला हुन् भने अरु पुरुष हुन् ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरुमाथि अनसुन्धान भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।