टोखा–छहरे सडक मार्ग :सार्वजनिक यातायातमा डस्टबिन अनिवार्य, नियम उल्लङ्घन गरे कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक यातायातमा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न तथा फोहोर व्यवस्थापन प्रभावकारी बनाउन टोखा–छहरे–त्रिशूली–काठमाडौं सडक मार्गमा कडाइ गरेको छ। प्रहरीले  यात्रुहरूलाई बसको झ्यालबाट टाउको वा हात बाहिर ननिकाल्न, बान्ता वा अन्य फोहोर झ्यालबाट बाहिर नफ्याल्न समेत आग्रह गरेको छ। 

यात्राका क्रममा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रत्येक बस, माइक्रोबस तथा ईभी भ्यानमा डस्टबिन अनिवार्य रूपमा राख्नुपर्ने निर्देशन दिएको छ। साथै, चालक तथा सहचालकहरूलाई यात्रुहरूलाई डस्टबिन प्रयोग गर्न अनुरोध गर्नुपर्ने समेत जनाएको छ ।

प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ। मोबाइल फोन चलाउँदै गाडी नचलाउने, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाउने लगायतका नियमहरूको पनि कडाइका साथ पालना गराउन प्रहरीले विशेष निगरानी गरिरहेको जनाएको छ । 

यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीले सचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ। नियम उल्लङ्घन गर्नेमाथि आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ।

यो पनि…

नुवाकोटमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको सचेतना अभियान

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।