स्वास्थ्य बिमामा देखिएका विकृति हटाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउन सुधारको प्रक्रिया अगाडि बढिरहेको बताएका छन्। उनले सुधारका लागि गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको र त्यसकै आधारमा कार्ययोजना निर्माण गरी सुधारका काम अघि बढाइएको जानकारी दिए।

मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा केही नीतिगत सुधार गरिएको र बाँकी सुधार कार्यान्वयनका लागि पहल भइरहेको बताए। साथै, बीमामा देखिएको विकृतिका कारण बजेट अपुग हुने अवस्था आएकाले सुधारलाई प्राथमिकता दिइएको उनले प्रष्ट्याए।

सामाजिक सञ्जालमा भाइरल भएका केही भ्रम फैलाउने क्लिपहरूप्रति उनले आपत्ति जनाउँदै आफ्नो भनाइलाई तोडमोड नगरियोस् भन्ने आग्रह गरेका छन्। “बीमा हटाउने होइन, सुधार गर्दै व्यवस्थित बनाउने प्रयास हो” भन्दै उनले यसबारे स्पष्ट पार्ने प्रयास गरेका छन्।

यो पनि…

स्वास्थ्य बीमा धरासयी बनाउँदै सरकार, मन्त्री पौडेल असफल – सांसद कार्की

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।