संयुक्त राष्ट्रसंघमा युक्रेनको विपक्षमा उभियो अमेरिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले संयुक्त राष्ट्र संघमा मतदान गरेको हो । 

सोमबार राष्ट्रसंघबाट युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देशले मतदानमा भाग लिएनन्।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्।

जबकि अमेरिकाले भने विपक्षमा मतदान गरेको हो । यस्तै इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।