दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सुरक्षित गर्ने आज फागुन १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले १:१ को अनुपातमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता शेयर निष्काशन गर्न लागेको हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २३ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो।

हकप्रद शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।