प्रहरीमाथि आक्रमण गर्ने विद्यार्थी नेताविरुद्ध कुटपिट मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा प्रहरीमाथि आक्रमण गर्ने अनेरास्ववियुका विद्यार्थी नेताविरुद्ध कुटपिट मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले दर्ता गरेको मुद्दामा कमलराज जोशीसहित ६ जना प्रतिवादी बनाइएका छन्।

उनीहरूलाई माघ २४ गते राति ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरी घाइते बनाएको आरोप लागेको छ।

अभियोगपत्रअनुसार उनीहरूले प्रहरीको बर्दी च्यात्ने, हेल्मेटले हिर्काउने र लट्ठी खोस्ने जस्ता कार्य गरेको उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।