मिलेर काम गर्‍यौं भने छिट्टै नेपाल समृद्ध बन्न सक्छ : कांग्रेस प्रवक्ता महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली जनसम्पर्क समिति, दुबईको विशेष कार्यक्रममा बोल्दै उनले नेपालबारे नकारात्मक धारणा हटाउन प्रवासी नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।

उनले जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिलाई प्राथमिकता दिएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। साथै, वैदेशिक रोजगारमा निर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन युवा र लगानी भित्र्याउन आवश्यक रहेको उल्लेख गरे।

महतले नेपालमा अपार सम्भावना रहेकाले सही नीति, स्थायित्व र संयुक्त प्रयासमार्फत समृद्धि हासिल गर्न सकिने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।