नेरुडे मिर्मिरे लघुवित्तले साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

लघुवित्तले सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिएको छ। संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलाञ्चोक मा आवेदन दिन सक्नेछन्।

यदि तोकिएको समयसीमाभित्र कुनै संस्थापक सेयरधनीबाट लिखित आवेदन प्राप्त नभएमा, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र अन्य प्रचलित कानुनअनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ।

संस्थापक सेयर खरिदमा इच्छुक सेयरधनीहरूलाई तोकिएको म्यादभित्र आवश्यक प्रक्रिया पूरा गर्न लघुवित्तले अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।