अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमार भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले आज (आइतबार) अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप २०२५ को फाइनल यात्रा तय गर्न म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। खेल साँझ ६ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ।

समूह चरणका दुवै खेल जित्दै नेपाल र म्यानमारले उपाधि भिडन्ततर्फ आफूलाई स्थापित गरिसकेका छन्। नेपालले कीर्गिस्तान र लेबनानलाई समान १-० गोल अन्तरले पराजित गर्दै फाइनलसम्मको बाटो तय गरेको हो। म्यानमारले भने आक्रामक प्रदर्शन गर्दै कीर्गिस्तानलाई ५-० तथा लेबनानलाई ३-१ गोलले हराएको थियो।

नेपालका लागि डिफेन्स बलियो रहेको छ भने फर्वार्ड लाइनलाई अझ प्रभावकारी बनाउनु पर्ने देखिन्छ। नेपाली खेलाडीहरू घरेलु मैदानको फाइदा उठाउँदै ऐतिहासिक जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

यस रोमाञ्चक प्रतिस्पर्धाको विजेता टोलीले फागुन १४ गते उपाधि हात पार्नेछ। दशरथ रंगशालामा आज फूटबलप्रेमीहरूको उल्लेख्य उपस्थित रहने अपेक्षा गरिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।