देश छाड्ने होडबाजीले नेपाली अनागरिक बन्दै छन् : सांसद भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको बतएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भण्डारीले यस्तो बताएका हुन्। उनले नेपालीहरू पैसा कमाउने लोभ, देश छाड्ने होडबाजी, मानिस बिक्री गर्ने दलालको फन्दामा परेरलगायत जुनसुकै कारणले भए पनि नेपाली अनागरिक बन्ने होडमा रहेको जिकिर गरेका छन्। यही होडलाई सरकारले रोक्नु पर्ने उनको भनाइ छ। 

उनले लेखेका छन्, ‘नेपाली अनागरिक बन्दैछन्! जुनसुकै कारणले होस्- पैसा कमाउने लोभले होस! देश छाड्ने होडबाजीले होस्! मानिस बिक्री गर्ने दलालको फन्दामा परेर होस्! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन!’

सरकारले आफ्ना नागरिकहरूलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिपोट गर्ने व्यवहारबाट बचाउनु पर्ने बताउँदै सा‌ंसद भण्डारीले देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने कर्तव्य सबैको भएकाले दुःख गरेर सुख काट्न आफ्नो देश बनाउन सबै लाग्नु पर्ने भनाइ राखे।

उनले लेखेका छन्, ‘सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन! आफ्ना नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिपोट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ! जसरी हुन्छ देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने हाम्रो कर्तव्य हो। दुःख गरेर सुख काट्न आफ्नो देश बनाउन सबै लाग्नु पर्दछ! हामीले गरे नहुने के छ?’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।