राष्ट्र बैंकले गर्‍यो मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र नेपाल राष्ट्र बैंकले खारेज गरेको छ।

भुक्तानी सेवा प्रदायकको रुपमा २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजतपत्र लिएको यो मोबाइल वालेटले लामो समयदेखि सेवा बन्द गरेको, एप प्ले स्टोरमा नभेटिएको र संस्थागत सुशासनमा कमजोर रहेको कारण उल्लेख गरिएको छ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै उक्त वालेटलाई ग्राहकसँगको सम्पूर्ण लेनदेन ३० दिनभित्र मिलाउन निर्देशन दिएको छ। सूचनामा भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएको व्यहोरा समेत उल्लेख गरिएको छ।

इजाजतपत्र खारेज भएपछि नेपाल पेटाइमले अब कुनै पनि भुक्तानी सेवा सञ्चालन गर्न पाउने छैन। राष्ट्र बैंकको यस निर्णयले डिजिटल भुक्तानी क्षेत्रमा संस्थागत सुशासन र नियमित सेवा प्रवाह सुनिश्चित गर्ने राष्ट्र बैंकको प्रतिबद्धता देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।