अनुमति लिएर मात्र विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो–अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ । विदेश यात्रा गर्न जाने व्यक्तिहरुलाई लक्षित गरी नेपालमा यस्ता सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ ।

विदेशी मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणबाट नो–अब्जेक्सन लिनुपर्ने व्यवस्था छ । सोहीअनुसार अनुमति प्राप्त गर्न प्राधिकरणले सूचनामार्फत ध्यानाकर्षण गराएको हो ।

“सिमकार्ड र रिचार्ज कार्ड बिक्रीरवितरण गर्ने सम्बन्धित व्यक्तिरसंस्थाहरूले यस प्राधिकरणबाट नो–अब्जेक्सन लिएर मात्र बिक्री बितरण गर्नु गराउनुहुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ,” प्राधिकरणले बिहीबार (फागुन ८) जारी गरेको सूचनामा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।