आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस विविध कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ। 

भाषिक जागरूकता, सांस्कृतिक विविधता र बहुभाषावादको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनाइने यो दिवस नेपालसहित विश्वका विभिन्न मुलुकहरूमा महत्त्वपूर्ण रूपमा मनाइँदैछ।

सन् १९९९ मा बङ्गलादेशले प्रस्ताव गरेपछि युनेस्कोले अनुमोदन गरेको यो दिवस आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा सन् २००२ मा घोषणा गरिएको थियो। यस वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती मनाइँदैछ।

पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ। ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायतका कार्यक्रमहरू यस रजत जयन्ती समारोहमा समावेश गरिएका छन्।

युनेस्कोका अनुसार, यस वर्षको समारोह समावेशी समाज निर्माण, गुणस्तरीय शिक्षाको सुनिश्चितता, सांस्कृतिक सम्पदाको संरक्षण, दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसांस्कृतिकता प्रवर्द्धनमा केन्द्रित रहेको छ।

विश्वमा भाषाहरूको संरक्षण र प्रवर्द्धन गर्न तथा विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारी बढाउने उद्देश्यले मनाइने यो दिवसले हरेक वर्ष भाषिक विविधताको महत्त्वलाई उजागर गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।