काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाइएको छ।
महाशाखाले दिएको पूर्वानुमान अनुसार, शुक्रबार दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ। साथै, यी प्रदेशहरूका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातको समयमा पनि यो क्रम जारी रहने अनुमान छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम विभागले यी मौसमी गतिविधिहरूले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। त्यसैले, सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसम अपडेटहरू नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।
विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई थप सावधानी अपनाउन आग्रह गरेकोछ ।
Comment