“सबै कागजात पेश नभएसम्म अस्थायी आवासको रकम निकासा नहुने”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर  । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले गत असोजको ११ र १२ गतेको बाढिपहिरोबाट पीडितहरुको कागजात पेश नभएसम्म अस्थायी आवासका लागि रकम निकासा हुन नसक्ने जानकारी गराएका छन। 

जिल्ला प्रशासन कार्यालय ललितपुरमा बिहिवार आयोजित जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सहजीकरण गदै प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय तह र वडा कार्यालयले गरेको सिफारिसका आधारमा अस्थायी आवास निर्माणका लागि रकम निकासा हुने जानकारी गराउँदै यसका लागि सहज वातावरण बनाउन स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई आग्रह गरे।

त्यस्तै उनले वडा तहमा पनि विपद व्यवस्थापन समिति गठन गरी स्रोत साधन सम्पन्न बनाउन ध्यान दिनुपर्छ भने। 

बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले गाउँपालिकाभित्र ५८ जनाको घर पूर्ण क्षति भएको बताउँदै अस्थायी आवास निर्माणका लागि छिटोभन्दाछिटो रकम निकासा हुने वातावरण बनाइदिन आग्रह गरे।

“गाउँपालिकाभित्र धेरै सार्वजनिक सम्पत्तिको क्षति भएको छ, एक दिन पानी पर्दा पनि सडक बन्द हुने अवस्था छ, यसमा तयारी गर्न आवश्यक छ, विपदमा संघीय सरकारले जम्मा एक करोड बजेट पठाउँछ, त्यसले केही पनि हुँदैन, हाम्रोमा ३५ सय रोपनी खेतीयोग्य जग्गाको नोक्सान भएको छ, सरकारी तहबाट त्यसलाई संरक्षण गर्ने केही सुरसार छैन,यसमा ध्यान दिनुपर्यो। “उनले भने ।

उनले पानी पर्न थालेपछि निर्णय गरेर जनधनको सुरक्षा हुन सक्दैन भन्दै विपद व्यवस्थापनका लागि पूर्वतयारी अनिवार्य भएको बताए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण ज्ञवालीले हरेक स्थानीय तहका वड र टोलटोलमा विपदका समितिहरु गठन गरेर सूचना प्रवाह, विपद प्रतिकार्यमा काम गर्दै जोखिम न्युनिकरण गर्न ध्यान दिनुपर्छ भन्दै आवश्यक सहजीकरणका लागि जिल्ला विपद व्यवस्थापनले ६ वटा पालिकामा एकएकवटा कार्यक्रम गर्नु आवश्यक रहेको बताए । उनले पालिका तहमा भएका स्रोत र साधनलाई व्यवस्थापन गर्नु आवश्यक छ भने । उनले विपदमा नेपाल प्रहरी र सुरक्षाकर्मीबाट सक्दो पहल र प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले डोजरले जथाभावी सडक खनेर गरिने विकास र खोला उत्खननले समस्या निम्तिएको छ भन्दै यसमा ध्यानदिनुपर्नेमा जोड दिए । उनले सबै नागरपालिका र गाउँपालिकाका विपदका बैठकमा पत्रकार महासंघलाई सहभागी गराउन आग्रह गर्दै पत्रकार महासंघबाट पत्रकारहरुलाई विपदमा सुरक्षित रहेर समाचार सम्प्रेषण सम्बन्धि तालिम दिइने जानकारी गराए।

कार्यक्रम जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले सम्भावित जोखिमहरू पहिचान गरी आवश्यक तयारी तथा पूर्व-सावधानीका उपायहरू अपनाउने, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरू बीच सहकार्य र समन्वय बढाउने, समुदायमा विपद् प्रतिकार्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र विपद् प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रमलाई अघि बढाउने बिषयमा आआफ्नो धारणा राखेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।