“चालक मजदूर संघद्वारा ताप्लेजुङ बन्दको घोषणा”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ। पाथीभरा क्षेत्रमा तनाव बढ्दै गएपछि सवारी चालक मजदूर संघले ताप्लेजुङ बन्दको घोषणा गरेको छ ।

ताप्लेजुङको काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले चालकमाथि कुटपिट गरेको भन्दै संघले बन्दको घोषणा गरेकाे हो ।

नो केबलकार समूहका पक्षधर र सुरक्षाकर्मीबीच बिहीबार दिउँसो काफ्ले पार्टी क्षेत्रमा झडप भएको थियो । उक्त झडपमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र आन्दोलनकारी पक्षका केही व्यक्ति घाइते भएका थिए ।

सोहीक्रममा पाथीभरामा आउने काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाँदै गरेको मे १ ज २५७९ नं. को सवारी साधनमाथि आन्दोलनकारीले आक्रमण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले सांघातिक आक्रमण गरी मे १ ज २५७९ नं= को सवारी साधनमाथि नियन्त्रणमा लिई गाडीमा समेत क्षति पुयाउनुको साथै चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुनेसम्म कुटपिट गरेको घटना प्रति सवारी चालक मजदूर संघ घोर भर्त्सना गर्दै यही मिति २०८१ फाल्गुण ९ गते रातको १२ बजेदेखि मेची राजमार्ग, ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक सडक साथै जिल्लाका अन्य शाखा सडकहरुमा समेत चल्ने सम्पूर्ण यातायातका साधन बन्द गरिएको समेत जानकारी गराउदछौं’ विज्ञप्तीमा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।