दिपा सुनुवार काठमाडौं । नेपालमा पहिलो पटक क्यानोनिङ उत्सव हुने भएको छ । सिन्धुपाल्चोकको गाती,बोडरल्याण्डमा बोडरल्याण्ड इको रिर्सोटको आयोजनामा यही फागुन १६ गतेदेखि १८ गतेसम्म नेपालमा पहिलो पटक तीन दिने क्यानोनिङ उत्सव हुने भएको हो
यो कार्यक्रम विशेष गरी साहसिक खेलहरूमा रुचि राख्ने नेपालीहरूलाई लक्षित गरिएको छ । नेपालमा साहसिक यात्रुहरूका लागि पर्वतारोहण, पदयात्रा, ¥याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ तथा मह संकलनजस्ता रोमाञ्चक गतिविधिहरूको संगालेमा क्यानियोनिङले पनि अपार सम्भावना बोकेको छ ।नेपालमा क्यानियोनिङका लागि विभिन्न स्थानहरू प्रसिद्ध छन् । जसमध्ये काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोकको पुरानो जम्बो, पोखरा र चितवनको जलबिरे प्रमुख छन् ।
कर्णाली रिभर वाटरकिपर एवम् बोर्डरल्याण्ड इको रिर्सोटका सञ् चालक मेघ आलेले भने ,‘ नेपालमा क्यानियोनिङ गर्दा पानीको बहाव, भौगोलिक स्थिति र खेलाडीहरूको सुरक्षामा विशेष ध्यान दिँदै वसन्त ऋतुमा नेपालमै पहिलो पटक व्यापक कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले भने,‘ नेपालको नौ वटा क्यानियोनिङ गर्न मिल्ने झरनाहरु यही सिन्धुपाल्चोकमा नै रहेका छ । जसमा विश्वमो हामीले यही यो फेस्टिभल गरेको हो । करिब डेढ सयदेखि दुई सयको हाराहारीमा आन्तरिक पर्यटकहरुको सहभागीता हुने अपेक्षा लिएका छौँ ।
कर्णाली रिभर वाटरकिपर मेघ आलेका अनुसार नेपालमा साहसिक खेलहरू दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेका छन् । साहसिक खेलप्रेमीहरूका लागि पर्वतारोहण, पदयात्रा, राफ्टिङ मात्र नभई क्यानियोनिङ पनि आकर्षक गन्तव्य बन्दै गएको छ । यसमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमा साहसिक खेलप्रति बढ्दो रुचि देखिंदै गएपछि आगामी दिनमा यस क्षेत्र अझै व्यवसायिक हुने आशा गरिएको उनको भनाइ छ ।
नेपालमा क्यानियोनिङको व्यवसायिक यात्रा १९९६ मा सुरु भएको इतिहास छ । फ्रान्सबाट सुरु भएको क्यानियोनिङ वाटरकिपर र बोर्डरल्याण्डका सञ्चालक मेघ आलेले अष्ट्रियामा तालिम लिएर नेपालमा भित्र्याएका हुन् । प्रारम्भमा विदेशी प्रशिक्षकहरूद्वारा सिकाइएको यो खेल अहिले नेपाली साहसिक खेलाडीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।
कार्यक्रम निर्देशक मदन मगरका अनुसार, ‘राफ्टिङ गर्दा वाक्क हुनेहरूका लागि क्यानियोनिङ उत्कृष्ट विकल्प हुन सक्छ । डोरीको नट र पौडीन चाहनेहरुका लागि यो खेल रोमाञ्चक मात्र नभई सुरक्षित पनि हुन्छ ।’ सुरुवातमा विदेशी पर्यटकहरूको मात्र रुचि रहेको क्यानियोनिङ अहिले नेपालीहरूका लागि पनि अवसर बन्दै गएको छ । यसलाई नेपाल क्यानियोनिङ एसोसिएसनले व्यवस्थित गर्दै व्यावसायिक बनाउने प्रयास गरिरहेको उनले भने ।
आन्तरिक पर्यटनको कमी
साहसिक पर्यटनमा विदेशीहरूको मात्र आकर्षण रहेको देखिएको छ, तर आन्तरिक पर्यटकहरू यस खेलप्रति कम आकर्षित भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नेपालमा ट्रेकिङ गाइड, ¥याफटिङ गाइडहरूको संख्या धेरै भए पनि ५० जना पनि क्यानियोनिङ गाइड नभएको स्थितिमा यस क्षेत्रलाई प्रवद्र्धन गर्नु आवश्यक देखिएको छ ।
यस कार्यक्रमका लागि १०–१५ जना क्यानियोनिङ गाइड तथा २५ जना स्वयंसेवक खटाइनेछ । कार्यक्रम अन्तर्गत सहभागीहरुले भरपुर मनोरञ्जन लिने अपेक्षा गरिएको कार्यक्रम निर्देशक मगरले बताए । सहभागीहरूले बोर्डरल्याण्ड इको रिर्सोटको फेसबुक पेज ,इन्स्टाग्रामको पेज वा नयाँ बजार र ठमेलमा रहेको अफिसमार्फत वा फोन वा अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् ।
Comment