धोबीखोलामा फेरि खस्यो कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा फेरि कार खसेको छ।

आइतबार साँझ अनामनगरको मदन भण्डारी कलेज छेउको पुलबाट कार खसेको हो। कार खसेपछि साँझ थुप्रै मानिसहरु जम्मा हुँदा ट्राफिक जाम नै भएको थियो। 

प्रहरीले घटनाबारे बाँकी विवरण सार्वजनिक गरिसकेको छैन।  यद्यपि मानवीय क्षति भने नभएको बताइएको छ। 

अहिले घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।  यसअघि गत पुसमा सोही स्थानबाट कार खसेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।