गठबन्धनमा रहेका दलहरुबीच उच्च विश्वास र समझदारी छ : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस र एमालेबीच उच्च विश्वास र समझदारी रहेको बताएका छन्। 

उनले गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताए। 

प्रधानमन्त्री ओलीले भने, ‘गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन। हामीबीच उच्च विश्वास र समझदारी रहेको छ।’ 

प्रधानमन्त्री ओलीले विकास, समृद्धि र स्थिरताका लागि नै प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको पनि प्रष्ट पारे। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।