एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य छः नेता खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)  का नेता झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन्।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। एमालेको आखिर मुख्य प्रतिद्वन्दी कांग्रेस भएपनि कांग्रेसकै बुई चढेर हिँडिरहेको उनले बताए। उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताए। उनले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको बताए। समाजवाद प्राप्तिको एउटा आधारशिला नेकपा (एकीकृत समाजवादी) ले तयार गर्नुपर्ने उनले बताए।

उनले भने, ‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो ? कांग्रेस नै हो । तर कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ । हिजो माओवादीले पनि त्यही ग¥यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ । अब त हामीले सिक्यौँ की जस्तो लागेको छ । अब त्यो खालका गतिविधि हामलिे हामीले वास्तवमा क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्दै हामी संगठन निर्माण गर्दै जानुपर्छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।