अस्थिरताको कारक देश सञ्चालन गर्ने शीर्ष नेतृत्व होः सांसद शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले शीर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको बताएकी छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति देश सञ्चालन गर्ने शीर्ष नेतृत्व रहेको बताएकी हुन्।

‘हामी त झन्डै दुई तिहाईको बीचमा पुगेका नेकपाका मान्छे हौँ । एउटै पार्टीको झन्डै दुई तिहाई पुगे पनि त टिक्दो रहेनछ भन्नेकुरा त ०७४ को निर्वाचनपछि हामीले भोगेर आएका छौँ । अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु हुन् वा यो देशलाई सञ्चालन गर्ने शिर्ष नेतृत्वहरु हुन् ? यहाँनेर खोजि गर्नुपर्ने जरुरी छ,’ उनले भनिन्।

उनले संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताइन्। संविधान असंशोधनीय दस्ताबेज नभएको उनको भनाइ थियो। 

‘शासकीय स्वरुप, निर्वाचन प्रणाली बदल्नुपर्छ । यो मलाई पनि लाग्छ र मेरो दलको मान्यता पनि हो,’ उनले भनिन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।