पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा पेट्रोलको मूल्य बढेको छ। 

पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ। 

नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाउँदा र डिजेल र मट्टीतेलमा ४ रुपैयाँले घटाएको छ ।

निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ। डिजेल रमट्टीतेल प्रतिलिटर १ सय ५६ रुपैयाँ पर्नेछ।

नयाँ मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।