बढ्यो सुनको मूल्य, नाघ्यो तोलाकै १ लाख ७० हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७० हजार नाघेको छ।  शुक्रबार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको हो ।

बिहीबार १ लाख ६९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ९७० रुपैयाँ कायम भएको छ । बिहीबार भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।