एमाले नेता कुइँकेल भ्रष्टाचारी ठहर, ६ वर्ष कैद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेललाई दोषी ठहर गरेको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै परेको मुद्दामा एमाले नेता कुँकेलसहित ९ जनालाई दोषी ठहर गरेको हो ।

सर्वोच्च अदालतले कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतबाट पनि उनलाई त्यति नै जरिवाना सुनाइएको छ । उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।

कुइँकेल तत्कालीन नेकपा एमाले काठमाडौं–४ का अध्यक्ष हुन् । त्यस्तै सर्वोच्चले पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई पनि ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । उनलाई पनि सोही रकम बराबरको जरिवाना र ६ वर्ष कैद सजाय सुनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।