बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बेच्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  खसीको मासु भनेर बाख्राको मासु बिक्री गरेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसका संचालक सोही स्थानका ४१ बर्षका हारुन मियाँ अन्सारी रहेका छन् ।

पक्राउ परेका उनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनको पसलबाट १५ केजि बाख्राको मासु समेत नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

पक्राउ परेका अन्सारीलाई कालोबजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको लम्सालले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।