कांग्रेसको प्रशिक्षण र अनुसन्धानमा दुईजना निर्देशक नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुईजना निर्देशक नियुक्त भएका छन् । 

प्रतिष्ठान प्रमुख रहेका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिष्ठानमा निर्देशक नियुक्त गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिष्ठानको निर्देशक (प्रशिक्षणतर्फ) कास्कीका डा.कृष्णप्रसाद पौडेल र निर्देशक (अनुसन्धानतर्फ) चितवनका डा. सञ्जय महतो थारूलाई नियुक्त गरिएको हो । 

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रमुख खड्काले निर्देशक नियुक्त गरिएको जनाइएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।