होटल,होमस्टे सञ्चालकहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा आयोजित स्वास्थ्य पर्यटन प्रवर्द्धनका लागि प्रदेशभित्र रहेका होटल,होमस्टे सञ्चालकहरुलाई आयुर्वेद सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ।  

होटल, होमस्टे सञ्चालकहरुलाई लक्षित गरेर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा आयुर्वेदको महत्त्व, निरोगिताको लागि आयुर्वेदको उपयोग, यसले मानव स्वास्थ्यमा पार्ने सकरात्मक प्रभावका बारेमा अभिमुखीकरण गरिएको बरिष्ठ बैद्य नर्मदा चापागाईँले जानकारी गराइन्।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले यसअघि शुक्रबार र शनिबार ट्राफिक प्रहरीहरुलाई प्रदुषणबाट जोगिने उपायहरू, स्वास्थ्य समस्या समाधानका लागि योग, व्यायामलगायतका विषयमा अभिमुखीकरण गरेको थियोे । 

स्वस्थ ब्यक्तिको स्वास्थ्यको रक्षाका साथै रोगी व्यक्तिको रोग निवारण गर्न आयुर्वेदिक ओैषधिको उपयोग महत्त्वपूर्ण रहेको भन्दै बरिष्ठ वैद्य चापागाईंले रोग लागेर उपचार गर्ने भन्दा पनि रोग नै लाग्न नदिनेमा जोड दिनुपर्ने बनाइन ।

स्वस्थ्य जीवनशैलीका लागि हरेक मानिसले खानपिन सुधार्न, धुम्रपान, मध्यपानलगायतको प्रयोग र यसको कुलतबाट जोगिएर स्वस्थ र सादगीपूर्ण सात्विक जीवनशैली अपनाउन आवश्यक हुने बताउँदै जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको बैद्य निरीक्षक रोमा कुमारी झाले बताइन्  ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।