बूढानीलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट २३ जनालाई पक्राउ गरेको छ ।

अनलाइन जुवा खेलाएको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बूढानीलकण्ठस्थित एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

परिसरका एसएसपी विश्व अधिकारीका अनुसार पक्राउ पर्नेहरू अधिकांश भारतीय नागरिक छन् । कागजात हेरेर पक्राउ पर्नेहरूको विवरण यकिन गर्ने काम भइरहेको एसएसपी अधिकारीले जानकारी दिए । सो घरबाट प्रहरीले ८८ वटा मोबाइल र १० थान ल्यापटप समेत बरामद गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।